दफा २००
बदनियतपूर्वक थुनछेक गर्न नहुने

(१) कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउनहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।
(३) अधिकार प्राप्त व्यक्तिले बाहेक अरु कसैले कसैको आवागमनमा अवरोध गर्न वा गराउन हुँदैन ।
(४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।